काठमाडौं–सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट हटाउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले उनलाई पदबाट हटाउने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराए ।
यसअघि गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारीलाई सरकाले ७२ घण्टे स्पष्टीकरण सोधेको थियो ।
उनलाई संस्था निरन्तर ओरालो लागेको भन्दै स्पष्टीकरण सोधिएको थियो । नेपाल टेलिकमको प्रवन्ध्र निर्देशकमा राजभण्डारी असोज ६ मा नियुक्त भएकी थिइन् ।
टेलिकमको सेवा नसुध्रिएको, टु–जी र थ्री–जी सेवा विस्तार गर्न ढिलाइ गरेको चिनियाँ कम्पनीलाई साढे २ अर्ब रुपैयाँ रकम दिएको पाइएपछि उनीमाथि स्पष्टीकरण सोधिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया