कांग्रेसलाई ठेगान लगाउने प्रचण्डको चेतावनीपछि बोले रामचन्द्र पौडेल

लोकपथ
3.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले धेरै हार व्यहोरे पनि देश र जनतालाई बचाउने काम गरेको बताएका छन् ।

नेता पौडेलले सामाजिक सञ्जालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उत्तर दिँदै सो कुरा बताएका हुन् ।

आज माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै नेपाली कांग्रेसले अहंकार गरे एमालेलाई जस्तो ठेगान लगाउने चेतावनी दिएका थिए । कांग्रेसले आफूलाई ठूलो दल सोचेर अहंकार देखाएमा आफूहरुले त्यसलाई प्रतिकार गर्ने बताएसँगै नेता पौडेलले प्रचण्डलाई मेन्सन गर्दैै आफूहरु हार व्यहोर्न तयार भएको तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने पक्षमा नरहेको स्पष्ट पारे ।

उनले भने, ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ । त्यसैले हामी हार व्यहोर्न तयार छौं तर राष्ट्र , जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं ! @cmprachanda

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?