भारतबाट फेरि बढेर आयो पेट्रोल र मट्टितेलको मूल्य

लोकपथ
567
Shares

काठमाडौं । भारतबाट फेरि पेट्राेलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन(आईओसी)ले बुधबार पठाएको नयाँ मूल्यसूची पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ ।

डिजेलको हकमा भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ । त्यस्तै, ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?