माईतै गएर बस !

'माईतै गएर बस' बोलको गीतले चर्चा कमाउन शुरु गरेको छ ।

तीज गीतको भिडियो सार्वजनिक भए लगत्तै यतिबेला दर्शक स्रोताको मन जितिसकेको छ ।

माईतै गएर बस बोलको गीतमा गायक तथा हाँस्य कलाकार उज्जवल गिरी (दानविर) र नव गायिका प्रतिक्षा वाग्लेको आवाज रहेको छ भने,गीतको भिडियोमा निर्देशन स्मृति तिमील्सिना (गुरुआमा) छायांकन सुरेष श्रेष्ठ, भिडियो सम्पादन प्रकास धमला,र  अभिनय भने गायक तथा हाँस्य कलाकार  स्वयम् उज्जवल गिरी दानविर ,अञ्जली अधिकारी र नव गायिका प्रतिक्षा वाग्लेको दमदार उपस्थिती देख्न सकिन्छ । यस गीतमा नेपाली चेलीहरुको वास्तविकता र नेपाली पहिचानलाई झल्काईएको छ र भिडियोमा गायक तथा हाँस्य कलाकार  उज्जवल गिरीको धमकेदार कमेडि समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?