पोखरा अडियो प्रकरण : एमालेद्वारा ३ जनालाई पार्टीबाट निष्काशन (पत्रसहित)

लोकपथ
2.6k
Shares

पोखरा । नेकपा एमाले कास्कीले गत स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा पार्टीका उम्मेदवारहरुलाई असहयोग गरेको भन्दै ३ जनालाई पार्टीबाट निष्काशन गरेको छ ।

स्थानीय तहको निर्वाचनका बेला पार्टीका उम्मेदवार कृष्ण बहादुर थापालाई असहयोग गरी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भन्दै सार्वजनिक अडियोको आधारमा तीन जनालाई पार्टीबाट निष्काशन गरेको हो ।

कारबाहीमा पर्नेमा मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्य रहेका छन् ।

नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै पोखरा(२१ को संगठित सदस्य रहेका पहारीलाई सदस्यबाट निष्काशित गरेका छन् ।

त्यस्तै पोखरा ३३ का उपाध्यक्ष अर्याललाइ कमिटीको जिम्मेवारीबाट संगठित सदस्य समेत नरहनेगरी निलम्बन गरेका छन् भने पोखरा ३३ कै संगठित सदस्य आचार्यलाई संगठित सदस्य नरहनेगरी कारबाही गरेका हुन् ।

निर्वाचनका बेला नेकपा एमालेका उम्मेदवारलाई हराउनका लागि भन्दै मनोज पहारी, महेश अर्याल र प्रशान्त आचार्यको आवाजमा अडियो सार्वजनिक भएको थियो । अडियोमा एमालेका उम्मेदवार कृष्णबहादुर थापालाई हराउँदै गठबन्धनका उम्मेदवार धनराज आचार्यलाई जिताउने कुरा भएको थियो । सो कुरा बाहिरिएसँगै नेकपा एमालेमा खैलाबैला मच्चिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?