११ चैत्र २०७९, शनिवार

चिया बगानले पर्यटकलाई आकर्षित गर्दै

२०७४,आश्विन,२९,आईतवार ०५:४८

0
Shares

घलेगाउँ, लमजुङ, २९ असोज ।पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ ।क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको हो । पछिल्लो समय चियाबारी हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको भुजुङ की चिया कृषक मीनकुमारी गुरुङ बताउछन ।“देश विदेशबाट चिया बगान हेर्न मान्छे आउँछन्”, गुरुङले भने, “हामीलाई त राम्रो लागेको छ ।”हिमालकै काखमुनी रहेर चियाबारीमा रमाउन सार्क राष्ट्रकै नमूना ग्रामीण पर्यटकीय घलेगाउँ र ग्रामीण पर्यटकीय गाउँ भुजुङ पर्यटकको प्रमुख गन्तव्यस्थल बनेको छ ।प्राकृतिक सुन्दरतासँगै चिया बगानलाई पनि मुख्य आकर्षक सम्पदाका रुपमा लिएको क्वहोलासोथार गाउँपालिकाका अध्यक्ष प्रेम घलेले बताए ।“प्रकृति, संस्कृति हेर्न पर्यटक आउँथे, अहिले चियाबारी हेर्न पनि आउन थालेका छन्”, घलेले भने, “अहिले चिया बगान पनि पर्यटकका लागि मुख्य आकर्षक बनेको छ ।”अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र आयोजना (एक्याप) भुजुङको पहलमा २०५५ सालदेखि चियाखेती शुरुवात गरिएको हो । एक्याप क्षेत्रभित्र भुजुङमा २५० रोपनी, पसागाउँमा १०० र घलेगाउँमा ७० गरी एक्यापको अगुवाइमा हालसम्म ४२० रोपनी क्षेत्रफलमा चियाखेती गरिँदै आएको छ ।उत्कृष्ट चिया उत्पादन गर्ने पूर्वी नेपालको सिको गर्दै लमजुङमा चियाखेती शुरुवात गरिएको हो । घलेगाउँमा चियाखेती विस्तारका लागि जिल्ला भू–संरक्षण कार्यालयले समेत सहयोग गरेको छ ।प्रशस्त उत्पादन भएर पनि राम्रो प्रशोधन हुन नसक्दा लमजुङको चिया बजारसम्म आउन सकेको छैन । यहाँ उत्पादित चिया गाउँमा आएका पर्यटकका लागि र गाउँ बाहिर रहेका आफन्तजनलाई कोसेलीका रुपमा पठाउने गरेको स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०५:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ

गलेश्वर । विश्वभर रोमाञ्चक पदयात्राको पहिचान स्थापित गरेको अन्नपूर्ण क्षेत्रका पदमार्गमा अहिले पहिले जस्तो चहलपहल छैन । मोटरबाटोले दूरी बढाउँदै

रसुवा । रसुवाको हिमाली क्षेत्रमा आन्तरिक पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ । हिमाल अवलोकनका लागि बाह्य पर्यटक मात्र

सर्लाही । सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११