काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदमा सार्वजनिक विदा दिने आश्वासन दिएका छन्।
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले मंगलबार बिहान प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउँदै बकर ईदमा सार्वजनिक विदा दिन पुनः ध्यानाकर्षण गराउने क्रममा विदा दिने आश्वासन गठबन्धनका नेताहरुलाई दिएका हुन्।
मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व हो बकर इद ।
प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेपछि गठबन्धनका नेताहरुले मुस्लिम समुदायले खुशीयालीका साथ आफ्नो पर्व मनाउने अधिकार सुरक्षित गर्न पनि बकर इद पर्वमा विदा दिनुपर्ने माग गरेका थिए।
सरकारले बकर इदमा दिने गरिएको सार्वजनिक विदा कटौति गरेको हो । बकर इदमा सार्वजनिक विदा नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।
आगामी भदौ ६ गते बुधबार बकर इद पर्व पर्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया