म्याग्दी । सङ्घीय सरकारले म्याग्दीका स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि कूल दुई अर्ब ११ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेट वक्तव्यको विवरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा सो बजेट विनियोजन गरिएको उल्लेख छ ।
बेनी नगरपालिकाले ५१ करोड ४२ लाख रुपैयाँ, अन्नपूर्ण गाउँपालिकाले ३३ करोड ८३ लाख रुपैयाँ र धवलागिरि गाउँपालिकाले २७ करोड ६७ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । यसैगरी मङ्गला गाउँपालिकाले ३१ करोड २९ लाख रुपैयाँ, मालिका गाउँपालिकाले ३५ करोड दुई लाख रुपैयाँ र रघुगङ्गा गाउँपालिकाले ३२ करोड ३८ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।
सङ्घीय सरकारले म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ का लागि दुई अर्ब ६९ लाख रुपैयाँ र २०७७/७८ मा एक अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको थियो । सङ्घ र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन बाँकी अनुमानित बजेटलाई आधार मानेर स्थानीय तहले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र बजेट बाँडफाँटको प्रक्रिया थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया