काठमाडौं । हालै विवेकशील साझा पार्टीको नेतृत्वबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफू खुइलिएको बताएका छन् ।
उनले केही मित्र भनिएकाहरुबाटै विगतमा आफूलाई खुइल्याइने गरिएको र त्यसमा आफूहरुको राजनीतिक अभिष्ट रहेको हाकाहाकी भन्ने गरेको उनको भनाइ छ ।
उनले कटाक्ष गर्दै आफू अहिले मित्रहरुले भनेजस्तै खुइलिएको र उनीहरुको राजनीतिक अभीष्ट पूरा भएको बताएका छन् । ती (अ)मित्र(हरू)मा समर्पितभन्दै मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसले मलाई प्रत्यक्ष भेटमा सिधै भनेका थिए, तपाईँलाई नखुइल्याई त मेरो–हाम्रो राजनीतिक अभीष्ट नै पूरा हुँदैन नि ! अब म खुइलिएँ। तपाईँहरूको राजनीतिक अभीष्ट पूरा होस् । यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस्। तपाईँ(हरू)लाई शुभकामना छ ।’
स्थानीय निर्वाचनमा पार्टीले लज्जास्पद पराजय भोगेपछि मिश्रले पदबाट राजीनामा दिएका थिए । उनी साधारण सदस्य भने कायम छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया