संघीय सरकारको तीन अर्ब बढी बजेट लम्जुङका स्थानीय तहलाई

लोकपथ
91
Shares

लमजुङ । आगामी आर्थिक वर्ष २०७९/०८० लागि संघीय सरकारले सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहहरूलाई तीन अर्बभन्दा बढी बजेट प्राप्त हुने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा पेस गरेको बजेटमा लमजुङका स्थानीय तहहरूलाई तीन अर्ब १७ करोड ४३ लाख रूपैयाँ विनियोजन गरिएको उल्लेख छ ।

जिल्लाका चार नगरपालिकाका लागि एक अर्ब ८५ करोड ६० लाख रूपैयाँ र चार गाउँपालिकाका लागि एक अर्ब ३१ करोड ८३ लाख रूपैयाँ विनियोजन भएको छ ।

चालु आर्थिक वर्ष ०७८/०७९ का लागि जिल्लाका आठ स्थानीय तहलाई दुई अर्ब ८४ करोड ६७ लाख विनियोजन भएको थियो ।

तर, संघीय सरकारले चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ३२ करोड ७६ लाख बढी बजेट विनियोजन गरेको हो ।

आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये सर्वाधिक सदरमुकामसमेत रहेको बेँसीशहर नगरपालिकाले सबैभन्दा धेरै ४८ करोड १५ लाख बजेट पाउने भएको छ ।

बेँसीशहरले चालू आर्थिक वर्षमा ४६ करोड ३५ लाख बजेट पाएको थियो ।

जिल्लाको राइनास नगरपालिकाले भने ४७ करोड ५० लाख रूपैयाँ पाउने भएको छ । चालू आर्थिक वर्षमा राइनासले ३८ करोड ५९ लाख रुपैयाँ बजेट पाएको थियो ।

मध्यनेपाल नगरपालिकाले ४६ करोड ४५ लाख रुपैयाँ, सुन्दरबजार नगरपालिकाले ४३ करोड ५० लाख, दोर्दी दोर्दी गाउँपालिकाले ४३ करोड ६९ लाख, मर्स्याङदी

गाउँपालिकाले ३७ करोड ३२ लाख र दूधपोखरी गाउँपालिकाले २५ करोड ५३ लाख रूपैयाँ बजेट पाउने भएको छ ।

आगामी आर्थिक वर्षका लागि जिल्लामा सबैभन्दा कम बजेट क्होलासोँथार गाउँपालिकाले पाउने भएको छ । लासोँथारका लागि २५ करोड २९ लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?