काठमाडौं । सरकारी पहलबाट काठमाडौं उपत्यकाका लामो रुटमा माइक्रो र टेम्पो विस्थापन गरेर ठूला बस सेवा सुरु हुने भएको छ ।
सरकारी प्रयासमा खुलेको ‘दिगो सार्वजनिक यातायात कम्पनी’ले मंगलबार नयाँ बसपार्क-गोल्कोपाखा-जमल-कमलपोखरी- ज्ञानेश्वर- मैतिदेवी-पुरानो बानेश्वर-सिनामंगल- कोटेश्वरसम्मको रुटबाट माइक्रो र टेम्पो विस्थापन गर्दै १७ ठूला बस चलाउन थालेको छ ।
यि बसहरु सोही रुट हुँदै मैतिदेवीबाट डिल्लीबजार रत्नपार्क हुँदै फर्किनेछन् । यातायात व्यवस्था विभागका अनुसार यो एसियाली विकास बैंक (एडीबी)ले पहिचान गरेको वैज्ञानिक रुट हो ।
बस सेवको उद्घाटन यातायातमन्त्री रघुवीर महासेठले सोमबार नै गीरसकेका छन् । मंगलबारबाट भने नियमित सेवा सुरू भएको छ ।
आजसम्म यो रुटलाई आधार बनाएर ३५ वटा टेम्पो र २६ वटा माइक्रो बस सञ्चालनमा थिए । अब तीनलाई अन्य टर्सरी रुटमा सारिएको छ ।
दुवै यातायात व्यवसायी समितिमा आवद्ध व्यवसायीले ठूला बस खरिद गरेर ‘दिगो सार्वजनिक यातायात कम्पनी’ दर्ता गराएका थिए । शुरुमा यो रुटमा व्यवसायी माइक्रो र टेम्पो हटाउन तयार भएका थिएनन् ।
सरकारले प्रोत्साहनका रुपमा सहुलियत ऋण र १५ प्रतिशत अनुदान उपलब्ध गराउने भएपछि उनीहरु कम्पनीमा जाने भएका थिए सथै ८० प्रतिशत लगानी ५ प्रतिशतको सहुलियत ब्याजदरमा उपलब्ध गराइएको छ । व्यवसायीले ५ प्रतिशत नगद लगानी गरेका छन् ।
मंगलबारबाट सञ्चालनमा आएका सबै बस अपांगमैत्री छन् ।
बसमा डिटिजल कार्डबाट पनि भाडा तिर्ने व्यवस्था पनि छ । जसमा विद्युतीय टिकेट प्रिन्ट हुन्छ । बसभित्र सुरक्षाका लागि सिसिटीभी क्यामेरा जडान गरिएका छन् ।
सरकारको जमानीमा नगर विकास कोषको सहुलियत ऋण सहयोगमा साना सवारी साधन हटाएर ४० सीट क्षमताका बस चलाइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया