सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूले विगत वर्षका बजेट नीति कार्यक्रम बनाउँदा भएका कमीकमजोरीको समीक्षा गर्दै आगामी वर्षको बजेट नीति कार्यक्रम बनाउन ध्यानाकर्षण गराएका छन् ।
प्रदेशसभाको आजको बैठकमा सुरु भएको आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकमा समावेश हुने बजेट कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनीहरुले बजेट कार्यक्रमलाई समानुपातिक, समावेशी र सन्तुलित ढङ्गको बनाउन सुझाव दिए।
उनीहरुले विगत वर्षको बजेटको नीति कार्यक्रमका लक्ष्य, उद्देश्य, सिद्धान्त उत्कृष्ट हुने गरे पनि त्यसको कार्यान्वयनको पाटो कमजोर देखिएकाले गम्भीर हुनुपर्ने र बजेट कार्यक्रम बनाउँदा वित्तीय अनुशासन कायम राख्ने खालको हुनुपर्नेलगायतका सुझाव पनि दिए ।
आजको छलफलमा प्रदेशसभा सदस्यहरू प्रेमप्रकाश भट्ट, भरतबहादुर खड्का, श्यामलाल रानाथारु, महेशदत्त जोशी, गेल्बुसिंह बोहरा, बलबहादुर सोडारी, हर्कबहादुर कुँवर, सुशीला बुढाथोकी, नन्दबहादुर साउद र बलदेव रेग्मीले भाग लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया