३० श्रावण २०७९, सोमवार

मोटरसाइकलको ठक्करबाट मृत्यु

२०७४,आश्विन,२९,आईतवार ०५:३९

0
Shares

दमक, २९ असोज ।मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आज बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को७प नंको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो ।ठक्करबाट गम्भीर घाइते सुवेदीको विराटनगरस्थित न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०५:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फोहोरमैला अव्यवस्थित रुपले फालिएको भन्दै स्थानीय तीन राजनीतिक दलले गरेको अवरोधका कारण कुदुले बन्चरे ल्यान्डफिल साइडमा फोहोर फाल्न

काठमाडौं । साउनको अन्तिम सोमबार आज पवित्र धार्मिक स्थल देवघाटमा भक्तजनको घुइँचो लागेको छ । यसपटक साउनमा पाँचवटा सोमबार परेका

काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सेवानिवृत्त सुरक्षाकर्मीलाई

बुटवल । प्युठानमा आइतबार भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका-५ सानो डाम्री

ताजा समाचार

फर्केर हेर्दा पहिलो त्यो आम निर्वाचन
 २०७९,श्रावण,३०,सोमवार १४:३७