आईजीपी नियुक्तिविरुद्धको रिट ३० जेठमा सुनुवाइ हुने

लोकपथ
49
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्तिविरुद्ध दायर रिटको सुनुवाई जेठ ३० गते हुने भएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको इजलासले सिंहविरुद्ध परेका दुबै रिटबारे जेठ ३० गते सँगै सुनुवाई गर्ने फैसला गरेको हो ।

सिंहलाई ७ चैत २०७८ मा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र १८ वैशाख २०७९ मा प्रहरी महानिरीक्षक आइजीपी नियुक्त गरिएको थियो ।

उनलाई वरिष्ठता मिचेर एआईजीमा बढुवा गरेको भन्दै प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट हालेका थिए । उनको नियुक्तिविरूद्ध एआईजी विश्वराज पोखरेलले पनि सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?