२३ श्रावण २०७९, सोमवार

सुदूरपश्चिम प्रदेश सदस्यलाई नै थाहा छैन कहाँ-कहाँ सकियो स्थानीय तह निर्वाचन

२०७९,जेष्ठ,१७,मंगलवार १७:२४

90
Shares

धनगढी । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये हालसम्म जम्मा ८७ पालिकामा निर्वाचन सम्पन्न भइ मत परिणाम आएको छ । तर, सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले भने ८८ वटै स्थानीय तहमा शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न भएको दाबी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेसनअन्तर्गत मंगलबार बसेको दोस्रो बैठकमा प्रदेश सभा सदस्य महेशदत्त जोशीले सबै क्षेत्रमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको दाबी गरेका हुन् । तर, बाजुराको त्रिबेणी नगरपालिकामा निर्वाचन सम्पन्न हुन नसकेपछि पुनः निर्वाचन गर्ने निर्णय नै भइसकेको छ । सो पालिकामा एमाले र नेपाली कांग्रेसले केही बुथ कब्जा गरेको ठहर गर्दै निर्वाचन आयोगले त्रिवेणीमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।

सोमबारदेखि सुरु भएको प्रदेश सभा बैठकमा आर्थिक मामिल तथा योजनामन्त्री प्रकाश रावलले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथकिमतामाथि छलफल भइरहेको छ

प्रकाशित मिति: २०७९,जेष्ठ,१७,मंगलवार १७:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुगु । हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ । आर्थिक वर्ष २०७८/०८९मा खाद्यान्न ढुवानीको जिम्मा

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा

काठमाडौं । त्यसो त फोहोरमैला व्यवस्थापनका लागि विद्यमान कानुनी अड्चन छैन् । फोहोरमैला व्यवस्थापन सम्बन्धी ऐन, २०६८ जारी भइसकेको छ

ताजा समाचार