१८ तस्वीरमा हेर्नुहोस् देवताको शहर पनौती

यूनेस्कोले विश्व सम्पदा सूचीमा सूचिकृत गरेका संसारभरिका सम्पदाहरु मध्ये नेपालका १० सम्पदाहरु पर्छन् : ८ धार्मिक सम्पदा, २ प्राकृतिक सम्पदा । 

त्यसैले नेपाल आफैंमा एक सुन्दर तीर्थस्थल हो । यहाँका हरेक चोक पवित्र छन्, प्रत्येक मोडमा भगवान् भेटिन्छन् ।

यही स्वर्गानुभुति गराउने भूमिको एउटा सानो टुक्रा हो काभ्रेपलाञ्चोक जिल्ला अवस्थित पनौती नगरपालिका । अर्थात् देवताको शहरले परिचित नगरपालिका । 

यस नगरपालिकालाई देवताको शहरका रुपमा चिनिन्छ किनकी यहाँको हरेक गल्ली, हरेक मोडमा मठमन्दिर भेटिन्छन् । 

काठमाडौंबाट करिब ३६ कि.मीको दूरिमा रहेको पनौतीको मुख्य तीर्थ हो सचि तीर्थ त्रिवेणीघाट । तीन मुख्य मन्दिर रहेको यस तीर्थस्थलको दुवै तर्फ रोसी खोला बग्छ । हिन्दू धर्म अनुसार यस तीर्थस्थलको स्थापना र महत्व दैविक कालसँग सम्बन्धित छन् । राजा इन्द्रले १२ वर्षसम्म पनौती नजीकै रहेको भालेश्वर महादेवको  तपस्यामा बसेको धार्मिक मान्यता छ।

यद्यपी पानौती यति तीर्थमा मात्र सिमित नभएर आफैंमा एक पवित्र भूमि मानिन्छ । स्वभाविक हो । किनकी यस नगरीले मन्दिर तथा दरबारको सामूहिक स्वरुपको झल्को दिन्छ ।

आधु्निकीकरणले आंशिक रुपमा मात्रै छोएको पनौतीका अधिकांश घरहरु प्राय पारम्पारिक शैलीमा निर्माण गरिएका छन् । साँघुरा गल्लीहरुमा टहलिरहँदा देखिने आँखी झ्याल, पाटे छाना अनि त्यो छाना अँड्याउन प्रयोग गरिने काठका खम्बा र टुँडालमा कुँदिएका आकर्षक बुट्टाहरुले हाम्रो इतिहासलाई बिउँझाइदिन्छन् ।

हरेक पाइलामा मन्दिर र धार्मिक महत्तवका धरोहरसँग साक्षात्कार भइने पनौती नगरपालिकालाई हाम्रो धर्मसंस्कृतिको खुल्ला ग्रन्थ भन्दा फरक नपर्ला । 

१८ तस्वीरमा पनौती :


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?