१५ मङ्सिर २०७८, बुधबार

स्थानीय बासिन्दाबाहेक अन्य नागरिकलाई केरुङ जान रोक

२०७४,आश्विन,२९,आईतवार ०५:३५

0
Shares

रसुवा, २९ असोज ।नेपालको उत्तरी सीमा रसुवागढी नाकाबाट स्थानीय बासिन्दाबाहेक अन्य नागरिकलाई केरुङ जान रोक लगाइएको छ ।सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलका अनुसार आगामी कात्तिक १ गतेदेखि चीनमा हुने नेशनल कंग्रेसको चुनावलाई मध्यनजर राखी फाटफुटरुपमा घुम्न केरुङ जाने नेपालीलाई मितेरी पुलबाट नछोड्न चिनियाँ अधिकारीले आग्रह गरेका कारण केही समयका लागि अस्थायी पास भएका व्यक्तिलाई केरुङ जान रोक लगाइएको हो ।सामान लिने कन्टेनर र स्थायी पास भएका रसुवाली नागरिक भने निर्वाधरुपमा आवतजावत भइरहेको सहायक प्रजिअ पौडेलले बताइन ।नेपाली बजारका लागि सामान लिन केरुङ गएका ट्रक र कन्टेनर भने फाटफुटरुपमा भन्सार हातामा भित्रिरहेको बताउँदै जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले चिनियाँ पक्षले अन्य थप जानकारी सीमा क्षेत्रमा नगराएको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०५:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

भरूवा बन्दुकसहित एक जना पक्राउ
 २०७८,मङ्सिर,१५,बुधबार ११:३१
सिरहामा सुन र नगदसहित दुई युवक पक्राउ
 २०७८,मङ्सिर,१५,बुधबार ११:२८
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
 २०७८,मङ्सिर,१५,बुधबार ११:१८
जुम्लामा बस दुर्घटना : दुई जनाको मृत्यु
 २०७८,मङ्सिर,१५,बुधबार १०:५२