प्युठानको झिमरूक खोलाले मानिस बगायो

प्युठान : झिमरूक गाउँपालिका वडा नम्बर ७ का बाटुले सार्कीलार्इ झिमरूक खोलाले बगाएर बेपत्ता पारेको छ । 

सोमबार दिउँसो ३ बजेदेखि सार्की सम्पर्कमा अाएका छैनन् । मंगलबार बिहानसम्म उनी घर नफर्केकाले अाफन्तले उनी बेपत्ता भएको बताएका छन् । 

गाउँपालिकाले वितरण गरिरहेको गरीब परिचयपत्र लिन गएका सार्कीलार्इ घर फर्कँदै गर्दा ढाँड बजार नजिक खोलाले बगाएको हो । 

खोलामा बगेर बेपत्ता भएका सार्कीको खोजी कार्य भर्इरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?