फ्रेन्च ओपन : किलिजसँग पराजित हुँदै मेडभेदेव बाहिरिए

लोकपथ
70
Shares

काठमाडौं । विश्व वरीयताको दोस्रो स्थानमा रहेका डानिल मेडभेदेभ फ्रेन्च ओपनबाट बाहिरिएका छन् । रसियन २६ वर्षीय खेलाडी मेडभेदेभ क्रोयसियन खेलाडी मारिन किलिजसँग सोझो सेटमा पराजित हुँदै फ्रेन्च ओपनबाट बाहिरिएका हुन् ।

वर्षको दोस्रो ग्रान्डस्लाममा ३३ वर्षीय किलिजले मेड्भेडेभलाई ६–२ ६–३ ६–२ को सेटमा हराए । मेड्भेडेभ र किलिजबीचको खेल एक घन्टा ४५ मिनेटमा सकिएको थियो ।

किलिजले अब फ्रेन्च ओपनको क्वार्टरफाइनलमा बुधबार वरीयताको पाँचौँ स्थानका एन्ड्री रुभलेकसँग खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?