पानीमा डुबेर एक जनाको मृत्यु

लोकपथ
35
Shares

सिरहा । नरहा गाउँपालिका-५ नरहा बस्ने संजिब कुमार यादवको छोरा ५ वर्षीय राजन कुमार यादवको सोही गाउँपालिकाको कार्यालय पछाडि रहेको खाल्डोमा जमेको पानीमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएका उनको रोजी मेडिकल चोहर्वामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?