उषा सम्मिलित सिफाइन्जको दोस्रो हार

लोकपथ
98
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारी सम्मिलित धिवेही सिफाइन्ज क्लबले लगातार दोस्रो हार बेहोरेको छ ।

सोमबार राति माल्दिभ्समा जारी भलिबल एसोसियसन कप २०२२ मा लगातार दोस्रो हार व्यहोर्ने क्रममा सिफाइन्ज युथ न्यु जेनेरेकनसँग सोझो सेटमा पराजित भयो ।

उषाले व्यक्तिगत औषत प्रदर्शन गरेपनि टोली २५-१९, २५-१४, २५-१३ सेटमा पराजित भयो ।

प्रतियोगितामा सिफाइन्जको लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा क्लब हाफलाइन लिङ्केजलाई सोझो सेटमा हराएको थियो ।

दोस्रो खेलमा भने सिफाइन्ज अर्की नेपाली ओपनर कामना विष्टको टिम माल्दिभ्स पुलिससँग सोझो सेटमा हारेको थियो ।

सिफाइन्जले अब चौथो खेलमा शुक्रबार क्लब इगल्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?