काठमाडौं । तनहुँ र दाङबाट अवैध लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम गाँजा सहित २ जनालाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका–१ बस्ने २४ वर्षीय बिशाल सुनार र सोही नगरपालिका–९ बस्ने २४ वर्षीय आकाश तामाङ रहेका छन् ।
ग.१ ख ६०१९ नम्बरको बसलाई अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका–१७ भानु महराबाट करिब ७ ग्राम ८७ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१४ बस्ने २४ वर्षीय पुजन राज कुँवर लगायत छन् ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घोराही उपमहानगरपालिका–१७ भानु महरा बस्ने २७ वर्षीय सुबास जिएमको घरमा तलासी गर्दा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया