आईजीपी नियुक्तिविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ मा

लोकपथ
483
Shares

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट मंगलबारको इजलासमा ‘हेर्न नमिल्ने’ भएको छ ।

यसअघि दायर भएका डीआईजीको बढुवाविरुद्धको रिट निवेदनपनि सँगै राखिएपछि रिट हेर्न नमिल्ने भएको हो । तत्कालीन डीआईजीहरु धिरज प्रताप सिंह, रवीन्द्र धानुकको बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए ।

सो रिट र अहिले पोखरेलले आईजीपी धिरजप्रताप सिंहविरुद्ध दायर गरेको रिट एकै इजलासमा राखिएपछि मुद्दा हेर्न नमिल्ने भएको हो ।

सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपीमा नियुक्ती गरेसँगै पोखरेलले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?