काठमाडौं उपत्यकामा एकैदिन २ हजार २४ जना चालकमाथि कारबाही, मापसे गर्ने ११६ जना

लोकपथ
126
Shares

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २४ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६६ जना, तिब्र गतीमा सवारी साधन चलाउने ८३ जना, मादप पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ११६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७४ जना रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३० जना, रातो बत्तीको उल्लंघन गर्ने ४६ जना क्षमता भन्दा बढी यात्रु राख्ने ३२ जना र लेन उल्लंघन गर्ने ३२ जना चालकलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?