१. पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी कलसाइनको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला, सवार २२ जनाकै मृत्यु, मृतकहरूको शव काठमाडौं ल्याइयो ।
२. बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्ने गरी कानुन ल्याइने प्रधानमन्त्री शेर बहादुर देउवाको भनाइ, लैंगिक समानताका दृष्टिले नेपाल दक्षिण एसियामै अग्रणी मुलुक रहेको तर्क ।
३. काठमाडौंका नवनिर्वाचित मेयर बालेन्द्र साहले सम्हाले कार्यभार, काठमाडौंवासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरू स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म खुशीयाली नमनाउने घोषणा ।
४. प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा दुई तिहाइ बहुमत नपुग्ने एमालेको दाबी, सरकारले प्रस्तावलाई प्रक्रियामा लानै नचाहेको आरोप ।
५. विमान दुर्घटनामा जीवन गुमाउनेप्रति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुःख व्यक्त, खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष, छानबिन गर्न ५ सदस्यीय आयोग गठन ।
६. यातायात व्यवस्था विभागले आज साँझदेखि सवारी लाइसेन्स अनलाइन आवेदन खुलाउने, हालसम्मका सबै आवेदन भने रद्द हुने ।
७. अहिलेको बजेट चुनावी बजेट हुँदै नभएको अर्थमन्त्री जनार्दन शर्माको जिकिर, विपक्षीहरूले चुनावी बजेट भनेर प्रचार गरे पनि बजेट अहिलेको वास्तविकता सम्बोधन गर्ने खालको भएको प्रतिक्रिया ।
८. बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक, ‘नमूना वडा समाजवादी कार्यक्रम’ कार्यान्वयन गरिने ।
९. गैरआवासीय नेपाली संघले गर्यो बजेटको स्वागत, बजेटले आफ्ना थुप्रै माग सम्बोधन गरेको प्रतिक्रिया ।
१०. भाउजुलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका देवर पक्राउ, घटनाबारे थप अनुसन्धान हुँदै ।
११. बजेटले लगानीकर्ताको मन जित्न सकेन, सेयर बजारमा ५० अंकको गिरावट, सबै सूचक राताम्य ।
१२. पुटिनको स्वास्थ्यबारे भइरहेका हल्ला निराधार भएको रुसी विदेशमन्त्रीको दाबी, राष्ट्रपति पुटिनमा कुनै पनि रोगको संकेत गर्ने लक्षण नदेखिएको भनाइ ।
१३. श्रीलंकामा राष्ट्रपतिलाई संसदप्रति जवाफदेही गराउन संविधान संशोधन हुँदै, देशको आर्थिक संकट छिटै समाधान गर्ने श्रीलंकाका राष्ट्रपतिको प्रतिबद्धता ।
१४. ३२ वर्षपछि नटिङ्घम प्रिमियर लिगमा बढुवा, प्रिमियर लिगमा बढुवा हुनु आफू, खेलाडी र समर्थकका लागि निकै खुसी भएको मुख्य प्रशिक्षकको प्रतिक्रिया ।
१५. सहिद स्मारक सी डिभिजन लिगअन्तर्गतको खेलमा जितसँगै प्लानिङ ब्वाइज युनाइटेड शीर्षस्थानमा उक्लियो, समाज कल्याण खेलकुद केन्द्र चार–शून्य गोल अन्तरले पराजित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया