कार्यपालिका सदस्यको निर्वाचनमा पनि गठबन्धन नटुट्ने

लोकपथ
0
Shares

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबनधनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ७७ वटा जिल्ला समन्वय समितिमा पनि गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकपछि बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ पाँच दलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ-आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?