निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गराउन टेवा पुर्‍याएका १० प्रहरी पुरस्कृत

लोकपथ
143
Shares

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण एव त्रुटीरहित ढंगबाट सम्पन्न गराउन इमान्दारीपूर्वक ढंगबाट कार्यसम्पादन गर्ने प्रहरीलाई पुरस्कृत गरेको छ ।

कार्यालयले निर्वाचनलाई शान्तिपूर्ण एव त्रुटीरहित ढंगबाट सम्पन्न गराउन प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै शान्ति सुव्यवस्था कायम राख्ने कार्यमा सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक सम्पन्न गर्ने विभिन्न १० प्रहरीलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो ।

उनीहरुलाई जनही १५ सय रुपैयाँ प्रदान गरिएको छ ।

५ वटा स्थानीय तह रहेको रसुवामा जिल्ला प्रहरी कार्यालय प्रमुख कुलदिप चन्दको नेतृत्वमा खटिएका सुरक्षा निकायद्वारा धाँधली रहित रुपमा रसुवामा निर्वाचन सम्पन्न गराएको थियो ।

त्यसैगरी, दोलखाका जिल्ला प्रहरी कार्यालय प्रमुख गंगा प्रसाद पौडेलको कमाण्डमा खटिएको सुरक्षा टोलीले जिल्लाका ९ वटै स्थानीय तहमा  शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गरेका थिए । हरेक स्थानीय तहकाे चुनावमा झडप र दंगाले निरन्तरता पाउने दाेलखाकाे निर्वचनमा यस पटक कुनै ठूलाे अप्रिय घटना भने हुन पाएन । स्थानीय तह निर्वाचनमा संवेदनशिल जिल्लाकाे रूपमा रहेकाे दोलखाकामा सफलता पूर्वक निर्वाचन  सम्मपन्न गराएकाेमा प्रमुख गंगा प्रसाद पौडेललाई पुरस्कृत गरिएकाे थियाे ।

साथै अन्य ८ जिल्ला प्रहरी प्रमुखको टोलीको पनि निर्वाचनकाे समयमा महत्वपूर्ण भूमिका रहेको थियो भने सबैले सफलता पूर्वक आआफ्नो स्थानमका निर्वाचन सम्पन्न गराएका थिए ।

 

No description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?