केपिलासढीमा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत, निवर्तमानलाई बिदाइ

लोकपथ
156
Shares

खोटाङ । खोटाङको केपिलासढी गाउँपालिकाका नयाँ जनप्रतिनिधि र पुरानो जनप्रतिनिधिबीच आपसमा स्वागत तथा बिदाइ कार्यक्रम भएको छ । सोमबार औपचारिक कार्यक्रमकाबीच निवर्तमान जनप्रतिनिधिले नवनिर्वाचित जनप्रतिनिधिको स्वागत गरेका छन् भने नवनिर्वाचित जनप्रतिनिधिले पुरानो जनप्रतिनिधिलाई सम्मान सहित बिदाइ गरेका छन् ।

निवर्तमान गाउँपालिका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हिरादेबी वन लगायतले नवनिर्वाचित अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई, वडाध्यक्ष र वडासदस्यलाई स्वागत गरेका छन् । यस्तै, नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष लगायतले निवर्तमान अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यलाई दोसल्ला ओढाएर सम्मान–पत्र सहित बिदाइ गरेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये केपिलासगढीमा निवर्तमान र नवनिर्वाचित जनप्रतिनिधिबीच हार्दिकतापुर्ण स्वागत तथा बिदाइ भएको हो ।

सोही कार्यक्रममा निर्वाचन अधिकृत राजकुमार राईलाई पनि बिदाइ गरिएको छ । निर्वाचन अधिकृत राईले गाउँपालिका अध्यक्षलाई निर्वाचन प्रतिवेदन हस्तान्तरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?