काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो बैठकमा काठमाडौंको फोहोर व्यवस्थापन गर्ने विषयमा छलफल भएको छ ।
पहिलो बैठकमा वडाध्यक्षहरुले फोहोर व्यवस्थापनलगायतको विषयमा ध्यानाकर्षण गराएका छन् ।
सो क्रममा काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले फोहोर व्यवस्थापनबापत उठाइँदै आइएको कर मिनाहा गर्न माग राखेका छन् ।
बैठकमा बोल्दै वडाध्यक्ष रिजालले जनताबाट घरजग्गा, घरभाडा तथा व्यवसाय कर पनि लिने र त्यसमाथि फोहोरको कर पनि लिने प्रथाको अन्त्य गर्न माग गरे ।
‘घरजग्गा कर पनि लिने, घरभाडा कर पनि लिने व्यवसाय कर पनि लिने फोहोर फालेको कर पनि लिन हुन्छ ? फोहोर उठाउने जिम्मा काठमाडौं महानगरपालिकाले लिने र जनतालाई त्यसको मार नपार्ने ।’ उनले भने, ‘करको पैसा अन्त्य गर्ने, काठमाडौं महानगरपालिकाले फोहोर उठाउने जिम्मा लिने, जनतालाई त्यसको मार नपार्ने काम गरौँ ।’
बैठकमा ३२ वटै वडाध्यक्षहरुले आ–आफ्नो धारणा राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया