जुम्ला । जुम्ला किसनाले मार्सी धान रोप्न सुरू गरेका छन् । यसपटक कृषि अनुसन्धान केन्द्रले पनि किसानलाई बीउ वितरण गरेको छ । जुम्लाका किसानलाई यस पटक रोगमुक्त कालीमार्सी धानको बीउ वितरण गरेको हो ।
कृषि अनुसन्धान केन्द्र जुम्लाले पातारासी गाउँपालिका-३ छुमचौर ज्युलामा बलाष्ट रोगमुक्त सुधारिएको जुम्ली कालीमार्सी धान (बेर्ना) रोपाई दिवसको अवसरमा वितरण गरेको बताएको छ ।
लामो समय कृषि अनुसन्धान केन्द्र जुम्लाले आफै अनुसन्धान गरी यस वर्षदेखि कृषकसम्म पुर्याउन छुमचौर ज्यूलोमा रोगमुक्त सुधारिएको जुम्ली मार्सी धान रोपिएको छ । छुमचौर ज्युलो विश्वकै अग्लो स्थाल २८५० मिटर उचाइमा कालीमार्सी धान फल्ने स्थान हो ।
तर, अहिले यो ज्यूलोमा वर्षमा एक बाली गहुँ वा सिमी, मकै, आलुमात्रै लग्ने गर्छ । फाटफुट रुपमा यो ज्युलामा धान रोपिने गरे पनि एक दशकदेखि यहाँका किसानले धान रोप्ने गरेका छैनन् ।
स्थानीय कमलसिंह बोहराले धानमा रोग लाग्ने उत्पादन नहुने र असिनापानीले क्षति गर्ने गरेकाले धान रोप्ने छोडिएको हो । उनले भने, धान रोप्ने सिजन र पाटनमा बहुमूल्य जडीबुटी यार्सा टिप्ने सिजन एउटै हुने हुनाले पनि धान रोप्न छोडिएको हो ।
धानभन्दा यार्साबाट बढी आम्दानी हुन्छ । यार्सा टिप्ने सिजनमा सबै पाटनतिर जाने र रोपाइँका लागि हली, बाउसे, रोपहार नपाउने हुँदा धान रोप्न छोडेको उनले बताए ।
काली मार्सी सूचीकृत छैन
किसानहरूका अनुसार पहिला पहिला १४ बोरा धान फल्ने ठाउँमा अहिले ५० केजी पनि हुन छाडेको छ । सरकारले पनि विश्वको सबैभन्दा अग्लो स्थानमा फल्ने काली मार्सी धानलाई सूचीकृत गरेको छैन ।
कृषि अनुसन्धान केन्द्र जुम्लाका वरिष्ठ वैज्ञानिक रेशमबाबु अमगाईका अनुसार जुम्ली मार्सी ब्लाष्ट रोगका कारण उत्पादन कम हुने गरेको छ । छुमचौर ज्यूलोमा उत्पादन हुने मार्सी धान लामो समय अनुसन्धान गरी रोगमुक्त बनाएर बीउ उत्पादन गरी कृषकको खेतबारीमा रोपिएको उनले बताए ।
केन्द्रले बर्खेबाली चिनो, कागुनो, फापर, मकै, कोदो, मार्सी धान, गहत र सिमीमाथि अनुसन्धान गरिरहेको छ । यस्तै, हिउँदे बाली जौ, गहुँ, मुसुरो, चौली जौमाथि पनि केन्द्रले अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया