शपथलगत्तै बालेनले भेटे प्रधानसेनापति

लोकपथ
1.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् ।

आज पद तथा गोपनियताको शपथ लिएलगत्तै भद्रकालीस्थित सैन्य मुख्यालय पुगेर साहले प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् ।

बालेनले भेटका क्रममा राष्ट्रिय सुरक्षा र विपद् व्यवस्थापनको क्षेत्रमा नेपाली सेनाले गरेका कामको प्रशंसा गर्दै काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच सम्भावित सहकार्यबारे पनि छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?