काठमाडौं । काठमाडौं महानगरपालिकाको पहिलो बैठकमा नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले सुरुमा काठमाडौंको फोहोर व्यवस्थापनलाई प्राथमिकता दिएका छन् ।
उनले आजको पहिलो बैठकमा फोहोर व्यवस्थापनमा लाग्न सबै वडाध्यक्षहरुलाई आग्रह गरेका छन् ।
त्यसैगरी उनले सार्वजनिक सौचालयको व्यवस्थापनलाई तिव्रता दिने भएका छन् । त्यसैगरी गुनासो सुनुवाइको लागि सबै वडामा कल सेन्टर स्थापना गर्ने समेत बताए ।
त्यसैगरी काठमाडौं महानगरमा भौतिक पूर्वाधार एम्बुलेन्सको व्यवस्था गर्ने समेत बताए । कसैको ठाउँमा बाटो बिग्रिएमा उक्त फोन सम्पर्क गरेर काम गर्न सकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया