धनगढी । नगर क्षेत्रमा हुने भ्रष्टाचार, कामको ढिलासुस्ती तथा अन्य गुनासो सुन्न धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले ह्वाट्सएप नम्बर बाँडेका छन् ।
सार्वजनिक सरोकारका सवालमा नगरवासीका समस्या तथा कर्मचारीबाट हुने ढिलासुस्तीलाई सम्बोधन गर्न उनले ९८५८४८८८९५ ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन् ।
सो नम्बर आफैसँग हुने बताउँदै मेयर हमालले सार्वजनिक सेवामा गलत क्रियाकलाप भए सो नम्बरमा सम्पर्क गर्न आग्रह गरेका छन् । नगर क्षेत्रभित्र सञ्चालन भइरहेका विकास निर्माणमा ढिला सुस्ती, स्तरहिन काम भए नागरिकले सिधै फोन गर्न सक्ने मेयर हमालले बताए ।
मेयर हमालले व्यक्तिगत प्रयोजनका लागि भने सो नम्बरमा फोन नगर्न आग्रह गरेका छन् । ‘आम नगरवासीले भ्रष्टाचार अन्त्य गर्ने कार्यमा वा सरकारी कार्यालयमा सुशासन कायम गर्ने सवालमा मात्रै सो नम्बर प्रयोग गर्नेछन् भन्ने अपेक्षा गरेको छु,’ मेयर हमालले भने, ‘आ-आफ्नो क्षेत्रबाट नगरवासीले सहयोग गरे हाम्रो अभियानले पनि चाडै सार्थकता पाउनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया