काठमाडौं । मुस्ताङको थसाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त तारा एयरमा भारतका ४ जना सवार रहेका थिए । उनीहरु भारतको महाराष्ट्रको ठाणेका बासिन्दा थिए।
वैभवी त्रिपाठी र धनुष त्रिपाठी र छोराछोरीसँग मुक्तिनाथ मन्दिर जाँदै गरेका उनीहरुको विमान दुर्घटनमा मृत्यु भएको छ ।
यो घटनासँगै श्रीमान श्रीमतीको बारेमा नयाँ खुलासा भएको छ । उनीहरु दुबै लामो समयदेखि अलग बस्दै आएका थिए र चाँडै नै उनीहरुको सम्बन्धविच्छेद हुन लागेको थियो । अदालतको आदेश अनुसार सम्पूर्ण परिवारले आफ्ना बालबालिकासँग १० दिन बिताउने मौका पाएका थिए ।
सोहीक्रममा उनीहरु आफ्ना छोरा छोरीसँग छुट्टी मनाउन र मुक्तिनाथ मन्दिर जान लागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया