३ आश्विन २०७८, आईतवार

तिहार र छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढ्दै

२०७४,आश्विन,२९,आईतवार ०५:१७


बर्दिबास, २९ असोज ।तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा माटाका भाँडाको बिक्री बढेको छ ।दीपावली र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाँडा) र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार जिल्लाका गाउँनगर बस्तीका बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको हो ।वर्षभरि अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्वविशेषमा मिथिला परम्परामा अनिवार्य जस्तै मानिँदै आएकाले जिल्लाका सबैजसो बजारमा यसको बेग्लै बजार जमेको देखिन्छ ।जिल्लाको सुदूर उत्तरवत्र्ती मुख्य व्यापारिक केन्द्र बर्दिबासको मुख्य चोक र हटियामा अहिले २० वटा भन्दा बढी माटोका भाँडा पसल थापिएका बर्दिबास व्यापार संघका महासचिव भवनाथ खतिवडाले बताए । मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक मान्यताले चाडपर्वमा यसको माग बढ्ने गरेको यस क्षेत्रका उद्यमी व्यापारीको भनाइ छ ।दीपावली र छठ पर्वमा बत्ती बाल्ने दियो, कलश राख्ने घडा, दही जमाउने छ्याँची र त्यसलाई छोप्ने ढकनसहित माटाकै नयाँ भाँडा प्रयोग गरिने परम्पराले यसको कारोबारमा वृद्धि भएको माटोका भाँडा बनाउने पेशाका कुम्हालहरुको भनाइ छ ।भाँडा बिक्री भएसँगै आफूहरुको तिहार र छठ पर्वको खर्च जोहो हुने गरेको कुम्हाल (माटाका भाँडा बनाउने मिथिला क्षेत्रका जाति विशेष) हरुले बताएका छन् । पर्वको मुख पारेर जिल्लाका बर्दिबास, औरही, सीतापुर, रामगोपालपुर, गौशाला, सम्सी र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरमा माटाका भाँडाका स्थायी कक्ष नै राखिएका छन् ।मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटाका भाँडा दैनिक प्रचलनमा रहे पनि त्यसयता प्लास्टिकका भाँडाको प्रयोग बढेकाले आफूहरुको व्यवसाय चाडपर्व विशेषमात्रै चल्ने गरेको कुम्हालहरुको भनाइ छ ।तिहार र छठ पर्वका अवसरमा महोत्तरीका बजारमा रु २५ लाखको हाराहारीमा माटाका भाँडाको कारोबार हुने महोत्तरी उद्योग वाणिज्य संघका पदाधिकारीको अनुमान छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२९,आईतवार ०५:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार