काठमाडौं । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित थप २० जनाको उद्धार टोली तारा एयरको विमान दुर्घटनास्थलमा पुगेको छ।
सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा र नेपाल प्रहरी नायव निरीक्षकको कमाण्डमा उद्धार टोली पैदलबाट त्यहाँ पुगेको हो।
पूरै कुहिरो लागेकोले घटनास्थलमा हेलिकोप्टर जान सक्ने अवस्था छैन। घटनास्थलमा अहिले शव संकलन भइरहेको छ।
आइतबार बिहानदेखि हराइरहेको तारा एयरको नाइन एन एटीई जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।
उक्त जहाजलाई यार्सा टिप्न गएको टोलीले फेला पारेको थियो। उनीहरुले घटनास्थलमा पुगेर तस्बिरसहित पठाएपछि सुरक्षाकर्मीको टोली घटनास्थल गएको हो।
सुरुमा ३ जना सेनाको टोली हेलिकोप्टरबाट त्यहाँ पुगेको र त्यसपछि ४ जना शेर्पाहरुको उद्धार टोली त्यहाँ पुगेर उद्धार थालेको हो ।
भिरालो स्थान भएकाले शव संकलनमा पनि कठिनाइ भइरहेको छ।
आइतबार मुस्ताङको थालाङ गाउँपालिका सानुसरे भन्ने स्थानमा तारा एयरको विमान दुर्घटना भएको थियो । आइतबार प्रतिकुल मौसमका कारण विमानको खोजि कार्य हुन सकेको थिएन भने सोमबार बिहानैबाट खोजिकार्य गरिएकोमा उक्त विमान भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
दुर्घटनामा विमानमा सवार २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भीरमा दुर्घटना भएका कारण उद्धारमा अफ्ठ्यारो परिरहेको उद्धारमा खटिएका स्थानीयले बताएका छन् ।
आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमको लागि उडेको विमान सम्पर्कविहीन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया