युक्रेनप्रति ऐक्यबद्धता जनाउन जेलेन्स्कीलाई भेट्दै फ्रान्सेली विदेशमन्त्री

लोकपथ
77
Shares
French Minister for European Affairs Catherine Colonna talks to the press at the end of the EU General Affairs Council. (Photo by Thierry Tronnel/Corbis via Getty Images)

काठमाडौं । पेरिस–फ्रान्सका विदेशमन्त्री क्यथ्रिन कोलोनाले युक्रेनी राष्ट्रपतिलाई भेट गर्ने भएकी छन् ।

भेटका अवसरमा विदेशमन्त्री क्याथ्रिनले रुसी हमलाविरुद्ध युक्रेनप्रतिको ऐक्यबद्धता जनाउने फ्रान्सेली विदेश मामिला मन्त्रालयले जनाएको छ ।

रुससँगको युद्धमा फ्रान्सले युक्रेनलाई प्रर्याप्त सहयोग नगरेको केही कूटनीतिज्ञहरू र राजनीतिक विश्लेषकहरूको आलोचनाबीच कोलोनाले युक्रेन भ्रमण गर्दैछन् ।

रुसी फौजले दोनबास क्षेत्रको प्रमुख सहर सिभिएोदोनेस्क कब्जाका लागि आक्रमण तीब्र पारिरहेका बेला युक्रेनलाई सहयोग दोहोर्‍याउन युरोपेली युनियनका नेताहरूबीच पनि बैठक हुँदैछ ।

यसैबीच, रुसी सेना पूर्वी युक्रेनतर्फ थप अगाडि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?