काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले कार्यभार सम्हालेका छन् ।
पद तथा गोपनीयताको शपथग्रहणपछि मेयर शाहले काठमाडौं महानगरपालिकाको कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।
त्यसैगरी नवनिर्वाचित उपप्रमुख सुनिता डंगोलले पनि शपथसँगै कार्यभार सम्हालेकी छिन् ।

त्यसअघि काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
नगरप्रमुखको शपथग्रहणपश्चात् उनले उममेयर तथा अन्य वडाध्यक्षहरुलाई समेत शपथग्रहण गराएका थिए । शपथग्रहणअघि प्रमाणपत्र वितरण गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया