काठमाडौं । समाज कल्याण खेलकुद केन्द्रलाई ४-० अन्तरले हराउँदै प्लानिङ ब्वाइज युनाइटेड सोमबार सहिद स्मारक सी डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जितसङै समान २८ अंक भए पनि प्लानिङले एक खेल कम खेलेको झापा एफसीलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा रहेको हो । प्लानिङको जितमा फागुराम थारु, प्रताप सिंह र अर्जुन रानाले गोल गरे । समाज कल्याणका विपीन पराजुलीले आत्मघाती गोल गरे ।
जितसँगै प्लानिङले १२ खेलमा २८ अंक जोडेको छ । समाज कल्याण १५ अंक जोडेर सातौँ स्थानमा छ । एक खेल बाँकी रहँदा शीर्षस्थानको प्लानिङलाई दोस्रो डिभिजनमा उक्लन तीन अंकको खाचो छ । यदि अन्तिम खेलको हारले भने आरसी ३२ को सम्भावना उच्च छ ।
झापाले भने दुई खेलबाट एक अंक हासिल गरे बी डिभिजनमा बढुवा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया