दश किलो आगूऔषध चरेशसहित ६ पक्राउ

काठमाडौं । प्रहरीले १० किलो अवैध लागूऔषध चरेससहित ६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा काठमाडौंको ज्याठा चोकबाट १० किलो चरेससहित ६ जनालाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा बाग्लुङ ताराखोला घर भई हाल काठमाडौंको गंगबु बस्ने वर्ष २४ को रोजन छत्याल, २० वर्षका विशाल मगर र सुजन मगर रहेका छन् । त्यस्तै काभ्रे भकुण्डेवेसी घर भइ हाल काठमाडौंको डल्लु बस्ने २३ वर्षका राम मगर, कास्की घर भई हाल काठमाडौंको डल्लु बस्ने वर्ष २७ का संजय सुवेदी र रोल्पा घर भई हाल काठमाडौंको नयाँ बसपार्क बस्ने वर्ष ३४ का शेरबहादुर पुनमगर रहेका छन् ।

उनीहरूले ठमेल क्षेत्रमा अवैध लागूऔषध चरेसको कारोबार गर्दै गरेको सूचनापछि प्रहरीले त्यसक्षेत्रमा निगरानी थालेको थियो।

पक्राउ परेका ६ जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?