काठमाडौं । आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार भने बढेको उकालो लागेको छ। आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर छापवाला सुन ९८ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन ९७ हजार ७०० रुपैयाँ कायम भएको छ। आइतबार छापवाला सुन ९८ हजार रुपैयाँ र तेजावी सुन ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २८० रुपैयाँमा किनबेच भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया