काठमाडौं महानगरको नवनिर्वाचित मेयर बालेनले लिए शपथ

लोकपथ
224
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहका बीच नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

मेयर साहलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथग्रहण गराएका हुन् ।

त्यसैगरी अन्य ३२ वटै वडामा निर्वाचित वडाध्यक्ष्यसहित सदस्यहरुलाई मेयर साहले शपथग्रहण गराएका छन् । आजै सोही समारोहमा प्रमाणपत्र तथा वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?