काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
सोमबार काठमाडौं महानगरको मेयरमा निर्वाचित मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोलसहित निर्वाचित जनप्रतिनिधिहरुले शपथग्रहण गरेका हुन् ।

आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौंका ३२ वटै वडाका निर्वाचित अध्यक्ष तथा सदस्यहरुले शपथग्रहण गरेका हुन् ।
नवनिर्वाचित मेयर साहले काठमाडौंका प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडासमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् भने उपमेयर तथा वडाध्यक्षहरुलाई नवनिर्वाचित मेयर साहले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
त्यसैगरी साहले उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरेका छन् ।
पद तथा गोपनीयताको शपथग्रहणसँगै मेयर तथा उपमेयर वडाध्यक्ष र सदस्यहरुले कार्यभार सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया