काठमडौं । आईपीएलले नयाँ च्याम्पियन पाएको छ । १५ औं सिजनको फाइनलमा गुजरात टाइटन्सको टोलीले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।
गुजरातको टोलीले विजयी रन बनाउने बित्तिकै बलिउड अभिनेत्री नताशा स्टान्कोभिक दौडिएर मैदानमा गइन् र आफ्ना पति हार्दिक पाण्ड्यालाई अँगालो हालेर भावुक भइन् ।

सन् २०१६ मा सनराइजर्स हैदरावादले उपाधि जितेको थियो । त्यसयता सन् २०२१ सम्म मुम्बई इन्डियन्स ९२०१७, २०१९, २०२०० र चेन्नई सुपर किंग्स ९२०१८, २०२१० ले मात्र यो उपाधि चुमेको थियो ।
गुजरात गत वर्ष मात्र सीभिसी क्यापिटलले किनेको थियो। त्यसपछि टोलीले लिलामीमा धेरै उत्कृष्ट खेलाडीहरू किन्यो, तर यो टोली च्याम्पियन हुनेछ भनेर कसैले सोचेका थिएनन्। हार्दिकको नेतृत्वमा गुजरातको टोलीले आफूलाई प्रमाणित गर्दै उपाधि कब्जा गरेको छ ।

यो जित गुजरातका साथै हार्दिक पाण्ड्याका लागि पनि महत्वपूर्ण थियो । उनले यो सिजन ब्याट र बलिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले यो सिजन १५ खेलमा ४४।२७ को औसत र १३१।२६ को स्ट्राइक रेटमा ४८७ रन बनाएका छन् । जसमा चार अर्धशतक पनि सामेल छन् ।
गत वर्ष अक्टोबर–नोभेम्बरमा भएको टी–२० विश्वकपपछि हार्दिक क्रिकेटबाट टाढा थिए । उनले न त घरेलु क्रिकेट खेलेका थिए न अन्तर्राष्ट्रिय क्रिकेटमा । अब क्रिकेटमा फर्कने बित्तिकै हार्दिकले आफ्नो टिमलाई आईपीएलको उपाधि दिलाए ।
हेर्नुहोस् तस्बिर :












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया