दाङ । दाङको राप्ती गाँउपालिका–४ श्रीनारायण चोकमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय ५२ वर्षीय बलु गिरी रहेका छन् ।
अस्थाई नम्बर प्लेटको मिनि ट्रकले आज बिहान पौने ६ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो ।
सवारी दुर्घटनामा संलग्न ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय भालुवाङ दाङले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया