विमान दुर्घटना अपडेट : शव संकलन गरेर काठमाडौं ल्याइने

लोकपथ
448
Shares

काठमाडौं । मुस्ताङमा दुर्घटनाग्रस्त भेटिएको विमानमा मृत्यु भएकाहरुलाई काठमाडौं ल्याइने भएको छ ।

उद्धार कार्यपश्चात सबैको शव सिधै काठमाडौं ल्याइने बताइएको छ ।

आइतबार मुस्ताङको थालाङ गाउँपालिका सानुसरे भन्ने स्थानमा तारा एयरको विमान दुर्घटना भएको थियो । आइतबार प्रतिकुल मौसमका कारण विमानको खोजि कार्य हुन सकेको थिएन । भने सोमबार बिहानैबाट खोजिकार्य गरिएकोमा उक्त विमान भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

दुर्घटनामा विमानमा सवार २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भीरमा दुर्घटना भएका कारण उद्धारमा अफ्ठ्यारो परिरहेको उद्धारमा खटिएका स्थानीयले बताएका छन् ।

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमको लागि उडेको विमान सम्पर्कविहीन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?