काठमाडौं: नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालार्इ नियुक्ति गर्ने तयारी भइरहेको छ ।
झालाई पुनर्नियुक्ति गर्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरिसकेको छ।
सञ्चारमन्त्री गोकुल बाँस्कोटाको विशेष पहलमा झालार्इ पुनर्नियुक्ति गर्न लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । । स्रोतका अनुसार झालार्इ पुनर्नियुक्ति गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छैनन् ।
बाँस्कोटा जुनसुकै हालतमा झालार्इ नियुक्ति गर्न पक्षमा छन्। तर प्रधानमन्त्री झाको विकल्प खोज्ने पक्षमा छन्। स्रोतका अनुसार दुबै पक्षमा सहमति हुन नसकेकाले मन्त्रिपरिषदमा केही साता अगाडि नै पेस भएको प्रस्तावमाथि निर्णय हुन नसकेको हो।
ओली सरकारले देउवा सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णयले झाको पद समेत धरापमा परेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया