प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माले गरे आत्मसमर्पण

महोत्तरी । प्रदेश २ का फरार राज्यमन्त्री अभिराम शर्माले आत्मसमर्पण गरेका छन् । 

सशस्त्र प्रहरीका असईको हत्या अभियोग लगेका राज्यमन्त्री शर्मा सोमबार बिहान  जिल्ला अदालत, महोत्तरीमा उपस्थित भएका हुन् ।  

शर्मा असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । 

आन्दोलनका क्रममा घाइते भएका विकलाई जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?