हेटौंडाको कार्यपालिकामा एमालेका ८ सदस्य निर्वाचित

लोकपथ
2.3k
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन् ।

महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर राई निर्वाचित भएका हुन् । ९७ जना मतदातामध्ये एमालेका उम्मेदवारले ५० मत पाएका थिए भने गठबन्धनका उम्मेदवारले ४७ मत पाएका थिए ।

गठबन्धनको तर्फबाट महिला सदस्यमा नेपाली कांग्रेसका रन्जु गोङ्बा, सन्तुमाया पाख्रिन, सविना बिडारी, नेकपा ९एकीकृत समाजवादी०बाट कमला पौडेल र सुनिता परियार उम्मेदवार रहेका थिए । यस्तै अल्पसंख्यक तथा दलितर्फ गठबन्धनबाट नेपाली कांग्रेसका धनराज प्रजा, रामबहादुर नेपाली र नेकपा (एकीकृत समाजवादी० का कल्पना विश्वकर्मा उम्मेदवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?