काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अब कृषि उत्पदानमा केन्द्रित हुने भएकाे छ । सरकारले बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरेको हाे ।
स्थानीय तहको सिफारिसमा हुने साना निर्माण आयोजनामार्फत रोजगारी दिने गरी सन्चालन हुँदै आएको यस कार्यक्रमलाई आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अब कृषि उत्पदानमा केन्द्रित गरेको बताए ।
बजे भाषणा अनुसार स्थानीय तहको सहकार्यमा खेतीयोग्य बाँझो जमिन पहिचान गरी रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई यस कार्यक्रममार्फत कृषि उत्पादन मुलुक क्षेत्रमा रोजगारी प्रदान गरिने छ।
यस कार्यक्रममार्फत प्रत्येक वर्ष दुई लाख सूचीकृतलाई रोजगार प्रदान गरिने बताएका छन् । यसका लागि अर्थमन्त्री शर्माले ७ अर्ब ५ करोड विनियोजन गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया